• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

    399
    SHARES



    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापनासम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भई गएराति स्वदेश फर्किएकी छन्।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा डा. राणा सो कार्यक्रममा सहभागी हुन गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन्। नेपालले महासन्धिमा हस्ताक्षर नगरे पनि पर्यवेक्षकको रूपमा सहभागिता जनाएको थियो।

    हस्ताक्षर समारोहमा ३२ मुलुकले महासन्धिमा हस्ताक्षर गरेका थिए भने ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरू उपस्थित थिए। सो मध्यस्थता सङ्गठनको उद्देश्य राष्ट्र–राष्ट्रबीच, राष्ट्र र निजी क्षेत्रबीच तथा निजी व्यवसायहरूबिच उत्पन्न हुने विवादलाई आपसी संवाद र सहमतिमार्फत समाधान गर्नु रहेको छ।

    कार्यक्रमका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्दै आर्थिक, प्राविधिक तथा व्यावसायिक सहकार्य विस्तार गर्ने र चिनियाँ सहयोगमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको मन्त्री राणाले जानकारी दिइन्।

    उनले भनिन्, “सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव परेको अवसरमा विशेष कार्यक्रमहरूसहित यो अवसरलाई मनाउने र उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ।”

    परराष्ट्रमन्त्री राणाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एसिया महाशाखा प्रमुख भृगु ढुङ्गाना, हङकङस्थित नेपालका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखक तथा परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावास हङकङका अन्य अधिकारीहरू सहभागी थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ