• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने

    1.8K
    SHARES



    काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

    उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।

    यस्तै सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत राखेको छ । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‍मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको बताए ।

    विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न यस्ता सवारीसाधनमा लाग्दै आएका करलाई यथावत राखिएको पौडेलले बताए । सरकारले बजेटमार्फत भन्सार कर बढाउन सक्ने हल्लाका बीच व्यापारीहरूले धमाधम गाडी आयात गर्दा चोभारस्थित सुक्खा बन्दरगाह भरिभराउ भएको थियो ।

    नेपालमा बसी सूचना प्रविधिको काम गरी गने आयमा आयकरको दर ५ प्रतिशत आयकर लाग्ने र त्यो नै अन्तिम हुने पौडेलले बताए । साथै सूर्तीजन्य पदार्थ तथा मदिरामा करको दर बढाउने घोषणा उनले गरे ।

    अर्थमन्त्री पौडेलले भ्याट, अन्तःशुल्क र आयकर कानुनमा परिमार्जन गर्ने उनले बताए । यसैगरी भ्याटमा बहुदर लगाउन अध्ययन गर्ने घोषणा पनि उनले गरे । सूचना प्रविधिमा आधारित उद्योग र होटललाई आयकर छुट दिने घोषणा उनको छ ।

    फुटबल, क्रिकेट र रंगशालाका लागि आयतमा १ प्रतिशत मात्रै भन्सार लिने उनले बताए । ग्रिन हाइड्रोजनको मेसिनरी आयातमा भन्सार छुट दिने, सौर्य ऊर्जाका लागि ब्याट्री आयात गर्दा १ प्रतिशत भन्सार लिने उनले बताए ।

    विद्युतीय सवारीसाधन एसेम्बलिङ उद्योगलाई १ प्रतिशत मात्रै भन्सार लाग्ने उनको भनाइ छ । निजी क्षेत्रले टनेल बोरिङ मेसिन आयात गर्दा १ प्रतिशत भन्सार लिने उनले बताए ।

    डिजिटल भुक्तानी समायोजनमा लाग्दै आएको भ्याट खारेज गरिएको छ । त्यस्तै विभिन्न फलफूल तथा तरकारीको आयातमा लाग्दै आएको अग्रिम आयकर पनि खारेज भएको छ । राजस्व छुटमा एम्बुलेन्स आयात गर्दा लाग्दै आएको १६ रुपैयाँको सीमा हटाइएको उनले बताए ।

    अर्थमन्त्री पौडेलले कर परिपालना सुधार, राजस्व प्रणालीको उत्पादकत्व सुधार, करको दायरा फराकिलो बनाउने तथा करदातामैत्री राजस्व प्रणाली बनाउने घोषणा पनि गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ