• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ‘अमेरिका जानुअघि सोच्नु’ भन्दै आफ्ना नागरिकहरूका लागि चीनले जारी गर्‍यो एड्भाइजरी

    0.9K
    SHARES



    बेइजिङ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बिचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा नगर्न चेतावनी दिएको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले एड्भाइजरी जारी गरेको हो ।

    यसमा, मन्त्रालयले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नु अघि सावधानीपूर्वक यात्रा गर्नु, जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न र सोचविचार गरेर यात्रा गर्न भनिएको छ ।

    यसमा चीन–अमेरिकाबिच आर्थिक तथा व्यापारिक सम्बन्धमा आएको तिक्तता र अमेरिकाको घरेलु सुरक्षा अवस्थालाई उद्धृत गरिएको छ । यसैबिच, चीनको शिक्षा मन्त्रालयले छुट्टै चेतावनी जारी गरेको छ ।

    यसमा, विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नु अघि सुरक्षा जोखिमको मूल्याङ्कन गर्न भनिएको छ । पछिल्लो समय चीन र अमेरिकाबिच व्यापार युद्ध भड्किएको छ । जस्तालाई त्यस्तै व्यवहार गर्दै शृङ्खलाबद्ध रूपमा एक अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने नीतिका कारण दुवै देश व्यापार युद्धमा होमिएका छन् ।

    अमेरिकाले चिनियाँ सामानमा भन्सार महसुल बढाएपछि चीनले अमेरिकी सामानमा भन्सार महसुल बढाएर ८४ प्रतिशतमा पुर्‍याउने निर्णय गरेको थियो । यसको प्रतिकारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमाथिको अतिरिक्त भन्सार महसुल बढाएर १२५ प्रतिशतमा पुर्‍याएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ