• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    छाती ठोक्दै गणतन्त्रवादीलाई संसदबाटै लिङ्देनको चेतावनी– राजावादी यहाँ छ सके जेल हाल !

    4.2K
    SHARES



    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् ।

    सामाजिक सञ्जालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि…छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’

    बैठकमा लिङदेन र अर्का सांसद ज्ञानेन्द्र शाहीले छाती पिटेको दृश्य देखिन्छ । सत्तापक्षका सांसद रामहरि खतिवडा र ठाकुर गैरेले सडकमा भएको अराजक क्रियाकलापमा संलग्नहरुलाई दण्डित गर्नुपर्ने बताएपछि लिङ्देनले आफूलाई जेल हाल्न चेतावनी दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ