• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

    1.2K
    SHARES



    वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

    राष्ट्रपति ट्रम्पले यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका छन्। ट्रम्प यो निर्णयले अमेरिकामा कारको व्यवसाय फस्टाउने तथा रोजगारीको अवसर सिर्जना गर्ने बताउँछन्।

    विश्लेषकले भने तत्काल यो निर्णय कार्यान्वयन हुँदा कार व्यवसायमा प्रतिकुल प्रभाव पार्नसक्ने बताएका छन्। उनीहरुले निकटस्थ देशसँगको सम्बन्धमा पनि यसले असर गर्न सक्ने बताएका छन्।

    अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो। साथै कारको बिक्री वितरणमा २४० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो। मेक्सिकोबाट अमेरिकामा सबै भन्दा धेरै कार पुग्ने गरेका थिए भने त्यसपछि दक्षिण कोरिया, जापान, र जर्मनीबाट अमेरिकामा कार पुग्ने गरेका थिए। ट्रम्पले अहिले लिएको बाटो यथावतै रहने समेत उनले बताएका छन्।

    राष्ट्रपति ट्रम्पले यो निर्णय गरे पनि कारको निर्माण समेत धेरै महँगो हुने विश्लेषकको मत छ। मेक्सिको र क्यानडाबाट आउने कारको सामान मात्र चार हजारदेखि १० हजार अमेरिकी डलर बराबरको मूल्य बढ्ने एन्डरसन इकोनोमिक ग्रुपले जनाएको छ।

    अमेरिकाको यो निर्णयले संसारका धेरै देशलाई असर गरेको बेलायतले गत वर्ष अमेरिकामा एक लाख १६ हजार १९४ जागउर ल्यान्ड रोभर कार अमेरिका भित्रिएको थियो।

    बेलायत सरकारले यो निर्णय लागु हुनु भन्दा अघि नै वार्ताको टेबलमा बस्न सकिने प्रतिक्रिया दिएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने आफ्नो देशको कार उद्योगमा सिधै आक्रमण भएको प्रतिक्रिया दिएका छन्।

    युरोपेली कमिसनका प्रमुख उरुस्ला भान डियोर लेयनले कुनै प्रतिक्रिया जनाउन पूर्व छलफल गरिने बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ