• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दै

    85
    SHARES



    काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दै छन्। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे खेल सुरु हुनेछ ।

    यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले पराजित गरेको थियो । लेबनानले भने आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो।

    नेपालले लेबनानसँग दोस्रो पटक खेल्न लगेको हो। यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। सो खेलमा नेपालले २–१ गोलले जित निकालेको थियो।

    प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ। नेपालले अब फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ