• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    दोहोरो अंकले बढ्यो नेप्से, साढे १० अर्बको सेयर किनबेच

    596
    SHARES



    काठमाडौँ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

    गत कारोबार दिन अर्थात् आइतबार ८ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोडको सेयर कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७१ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३१४ वटा धितोपत्रको दुई करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच भएको हो।

    सोमबार १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ वटाको घटेको छ। यस्तै ६ कम्पनीको स्थिर रहेको छ। यसदिन चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    विशाल बजार, तारागाउँ रिजेन्सी र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने जोशी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

    यस्तै, नेपाल फाइनान्सको मूल्य सर्वाधिक ८.७२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २४४ रूपैयाँ कायम भएको छ। दोस्रोमा गुराँस लघुवित्तको मूल्य ७.७३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ४५८ रूपैयाँमा झरेको छ।

    सोमबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २४४ रूपैयाँमा ५९ करोड ४७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रसप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७८ रूपैयाँमा ४८ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक बढेको छ भने बाँकी चार समूहको परिसूचक घटेको छ।

    यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ९.७० प्रतिशतले बढेको छ। दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ४.९९ प्रतिशतले बढेको छ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया