• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हवाई भाडा अनुगमन गर्न कार्यदल गठन, ११ एयरलाइन्सले बुझाए भाडादर सूची

    18
    SHARES



    काठमाडौं । हवाई भाडाको सम्बन्धमा अनुगमन गर्न कार्यदल गठन भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको पर्यटन महाशाखाको नेतृत्वमा क्यान, पर्यटन मन्त्रालय, नेपाल प्रहरीलगायतको सहभागिता रहनेगरी यस्तो कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।

    बुधबार मन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरूलाई आफूले लिएको भाडादर बुझाउन आज साँझ ४ बजेसम्मको समय दिएका थिए ।

    यो अवधिमा ११ वटा एयरलाइन्सले भाडादरको सूची बुझाएको प्रवक्ता लामिछानेले जानकारी दिए । अहिले नेपालमा साढे २ दर्जन वायुसेवाले सेवा दिँदै आएको छ । नेपाल एयरलाइन्सले यस्तो भाडादर सार्वजनिक नै गरिसकेको छ ।

    अहिले बनाइएको कार्यदलले मन्त्रालयलाई बुझाइएको भाडादर र यात्रुसँग लिइएको भाडाबारे अध्ययन गर्ने र यसको प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । समितिले २र३ दिनभित्रै यसको भाडादर अनुगमनको प्रारम्भिक निष्कर्ष दिनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया