• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    वैकल्पिक शक्तिको सिद्धान्त छाडेका छैनौं : बाबुराम

    64
    SHARES



    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू वैकल्पिक शक्ति निर्माणको सिद्धान्त र विचार नछाडेको बताएका छन् । आफूले कहिल्यै पूराना दलसँग मिल्ने नबताएको दाबी गर्दै उनले सहकार्य मात्रै गरेको जिकिर गरे ।

    बुधबार पार्टीको विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा भट्टराईले तयार भएको वैकल्पिक शक्तिबाट केही बांगोटिंगो भएको भएको स्वीकार गर्दै त्यस्तो हुनुमा बेइमानहरूबाट ठगिएको बताए ।

    ‘समयानुकल राजनीति गर्नुपर्छ । संघर्ष गर्नुपर्छ । समय र आवश्यकताको स्वरुप अनुसार संघर्ष गर्नुपर्छ । त्यसमा तपाईंहरू तयार रहनुस्,’ विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने, ‘हामीले जुन वैकल्पिक शक्ति तयार गरेका छौं, यसमा हो बांगोटिंगो भयो । त्यो हुनुको पछाडि बेइमानहरूसँग सोझो भएर ठगिएका मात्रै हौं ।’

    उनले वैकल्पिक शक्तिको विचार र सिद्धान्त नछाडेको भन्दै पूराना पार्टीसँग कहिल्यै नमिलेको पनि बताए ।

    ‘हामीले कुनै विचार, सिद्धान्त छाडेको होइन । खाली भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ,’ भट्टराईले भने, ‘…भुइँको टिप्दा यही पनि गुम्छ कि भनेर बेला बखतमा तिनीहरूलाई हामीले साथ दिएको हो । बाबुराम भट्टराईले कहिल्यै पूराना पार्टीसँग मिल्ने कहिल्यै भनेको छैन । खाली सहकार्य मात्रै गरेको हो ।’

    मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भएपनि अब सहकार्यको कुनै सम्भावना नरेहको समेत उनले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ