• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौँबाट दिल्ली उड्न लागेको एयर इन्डियाकाे विमानमा बम राखिएको हल्ला…

    400
    SHARES



    काठमाडौँ । एक साताको अवधिमा नेपालमा दोस्रो पटक बमको हल्ला चलेको छ । सोमबारमात्रै काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाकाे विमानमा बम राखिएको हल्ला फैलिएको छ ।

    हल्लासँगै सुरक्षा अधिकारीहरूले विमान चेकजाँच थालिएको छ । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए ।

    दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको एसएसपी बिकले जानकारी दिए । सो विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् ।

    यसअघि कात्तिक ६ गते भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेको थियो । लगत्तै प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गर्दा केही फेला परेको थियो ।

    त्यतिबेला दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी गराएपछि केहीबेर आतंक सिर्जना भएको थियो ।

    पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ ।

    आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अघिल्लो साताको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए ।

    यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया