• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रास्वपाभित्र रबि पक्राउ पर्ने त्रास- प्रदेश समितिले बोलाए आकस्मिक बैठक

    18
    SHARES



    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सभापति रबि लामिछाने पक्राउ पर्ने त्रास बढेको छ । सोहि त्रासका बीच उक्त पार्टी प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् ।

    मधेसका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका छन् । झाले जुम मिटिङ बोलाएका छन् । ‘सबै जिल्ला, पालिका, वार्डको जिम्मेवारी रहेका नेतृत्वहरु तयारी अवस्थामा बसौं,’ झाले प्रदेश मातहतका कार्यकर्तालाई लेखिएको मेसेजमा भनिएको छ ।

    सभापति पक्राउ परेपछि आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नुपर्ने भएकाले आवश्यकका लागि जुम मिटिङ बोलाएको साहले मेसेजमा लेखेका छन् । साँझ ५ बजे बोलाइएको मिटिङमा प्रदेश समिति, जिल्ला संयोजक, उप संयोजक, पालिका समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश विभागका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

    लुम्बिनीका महामन्त्री नीलराज अधिकारीले पनि प्रदेश समितिको आकस्मिक बैठक बोलाएका छन् । कुनै पनि बेला सभापति रवि लामिछानेलाई सरकारले पक्रन सक्ने कार्यकर्तालाई मेसेज गरेका छन् । पुराना राजनीतिक दलका मुठ्ठीभर दलालहरुले आफ्नो राजनीतिक रोटी सेक्न गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेको जनाउँदै प्रदेश महामन्त्री अधिकारीले तयारी अवस्थामा रहन मातहतको संरचनामा सर्कुलर जारी गरेका छन् ।

    ‘सबै जिल्लाका तत् तत् जिम्मेवारीका नेतृत्वहरु तयारी अवस्थामा बसौं र आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नपर्ने भएकाले आवश्यक तयारी अवस्थामा रहन सूचित गरिन्छ,’ अधिकारीको सकुर्लरमा भनिएको छ । अधिकारीले शुक्रबार राति ८:३० बजे जुम मिटिङ बोलाएका छन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ