• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने विपक्षी दलको निर्णय

    6
    SHARES



    काठमाडौँ । बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ ।

    शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको संयुक्त बैठकले विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिने निर्णय गर्दै सुनुवाइ नभए विशेष अधिवेशन बोलाउने निर्णय गरेको हो ।

    प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, सरकारको तीन महिनाको काम कारबाही, प्रकृतिक विपत्तिले पुर्‍याएको क्षति लगायतका विषयमा बैठकमा ब्रिफिङ गरेका थिए । ओली सरकारको तीन महिना पूर्ण असफल भएको बैठकले निकालेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीन महिनाको सरकारको काम हेर्दा पूर्ण असफल भएको विपक्षी दलहरूले निष्कर्ष निकालेको बताए ।

    बाढी पहिरो पीडितलाई राहत, पुनर्स्थापना, जनजीविका, सुशासन, सामाजिक न्यायको विषयमा सरकार गम्भीर नभए विशेष अधिवेशन बोलाउने निर्णय भएको लिङ्देनले जानकारी दिए ।

    बैठकमा माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, अजपाका शीर्ष नेताहरू सहभागी थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ