• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दाङमा टिपर दुर्घटना, चालकको मृत्यु

    12
    SHARES



    काठमाडौँ । दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

    घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४ जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा परेको थियो।

    घोराहीबाट थारा तर्फ जाँदै गरेको खाली टिप्पर शुक्रबार बिहान १ बजेतिर दुर्घटनामा परेको खबर आएपछि प्रहरी घटनास्थल पुगेको दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले बताए।

    टिपर सडकदेखि करिब ८० मिटर तल खसेको छ। चालकको शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ।

    प्रहरीका अनुसार टिपरमा चालक एक्लै सवार रहेको बुझिएको छ। चालकको घटनास्थलमै मृत्यु भएको हुँदा दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान जारी रहेको डिएसपी थापाले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ