• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माउन्टेन फ्लाइटमा प्राविधिक समस्या भएपछि काठमाडौंमा आकस्मिक अवतरण

    59
    SHARES



    काठमाडौँ । बुद्ध एयरको माउन्टेन फ्लाइटमा प्राविधिक समस्या भएपछि काठमाडौंमा आकस्मिक अवतरण भएको छ।

    एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार बिहीबार बिहान उडान नम्बर १०० जहाज ९ एन-एजेएसमा दायाँ इन्जिनमा प्रविधिक समस्या देखिएको हो।

    उडानमा केही समस्या देखिएपछि जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराइएको हो।

    ‘माउन्टेन फ्लाइटका लागि गएको थियो। तर प्राविधिक समस्या देखिएसँगै सुरक्षित रूपमा काठमाडौंमै अवतरण गराइएको हो,’ उनले भने, ‘अहिले प्राविधिक टोलीले जाँच गरिरहेका छन्।’

    उनका अनुसार बिहीबार मात्रै पाँच वटा माउन्टेन फ्लाइट राखिएका थिए। तर मौसमका कारण हिमालहरू नखुलेपछि सबै फ्लाइट रद्द भएका छन्।

    पर्यटकलाई हिमाली दृश्य देखाउनका लागि माउन्टेन उडान गर्ने गरिन्छ। काठमाडौंबाट उडान गरी पुन: यही अवतरण गराइन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ