• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल

    88
    SHARES



    काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसंग समान गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताएका छन् ।

    ६९औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरीको समर्पणभाव सबैको प्रेरणाको स्रोत रहेको छ भने ।

    उनले भने, ‘अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति हामी नेपाली र हाम्रो राष्ट्र नेपालका लागि पुँजी रहेको छ । सीमित साधन र स्रोतका बाबजुद यो पुँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलताका लागि सिङ्गो प्रहरी सङ्गठनलाई म धन्यवाद दिन चाहन्छु ।’

    मुलुकको विकास, समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको चर्चा गर्दै उनले आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको प्रहरीको भूमिका अहं हुन्छ भने। मुख्यमन्त्री कँडेलले भने , ‘नागरिकलाई कानुनी शासनको प्रत्याभूत हुनेगरी प्रहरी सबै खालका अवाञ्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रणमा पूर्ण सक्षम छ र सक्षम रहिरहनेछ भन्ने मलाई पूर्ण विश्वास लागेको छ ।’

    बदलिँदो परिस्थितिमा सूचना प्रविधिको विकाससँगै अपराधका नयाँ-नयाँ आयामहरू विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपुर उपयोग गर्न अझ सक्षम बन्नुपर्नेमा उनको जोड रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ