• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रपतिबाट शनिबार साढे ३ बजेपछि टीका लगाउन पाइने

    226
    SHARES



    काठमाडौँ । विजया दशमीको दिनमा राष्ट्रपति रामचन्द्र पौडेलले इच्छुक सर्वसाधरणहरूलाई पनि टीका लगाइदिने भएका छन्।

    मंगलबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले विज्ञप्ति जारी गर्दै इच्छुक सर्वसाधारणले टीकाको दिन अपराह्न साढे ३ बजेदेखि ५ बजेसम्म टीका लगाउन पाउने जनाएको हो।

    त्यसअघि प्रधानमन्त्री, सभामुख, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, लगायत विशिष्ट व्यक्तित्वहरूका लागि आधा घण्टाको समय छुट्याइएको छ।

    ३ बजेदेखि साढे ३ बजेसम्मको समय छुट्याइएको हो। पोशाक मर्यादित हुनुपर्ने र एक नम्बर गेटबाट प्रवेश गर्नसकिने कार्यालयले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया