• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अवरुद्ध राजमार्ग खुलाउने प्रयासमा सेनासहितको अध्ययन टोली खटियो

    328
    SHARES



    काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध बनेका राजमार्ग दशैंअघि खुलाउने प्रयासमा सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ ।

    सैनिक उच्च स्रोतका अनुसार, बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको छ ।

    त्यसका लागि बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित स्थानको निरीक्षण गरेको छ ।

    बीपी राजमार्गमा अबरुद्ध बाटो खुलाउने विषयमा बुधबार रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालबीच पनि छलफल भएको थियो । छलफलका क्रममा दाहालले भकुन्डेबेंसीदेखि अगाडिको १० देखि १२ किलोमिटर सडक मर्मतका लागि प्राविधिक पठाउन कठिनाइ भएको बताएका थिए ।

    रक्षा स्रोतका अनुसार, यातायात मन्त्री दाहालसँग भेट भएलगत्तै रक्षामन्त्री राईले प्रधानसेनापति अशोकराज सिग्देलसँग सडक मर्मतबारे छलफल गरेका थिए ।

    नेपाली सेनाका एक उच्च अधिकृतले भने विपद्का बेला देशको आवश्यकतामा जतिसुकै बेला सेना खटिन तयार रहेको बताए । नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मा पनि लिएको छ । तीन वटा सुरुङमार्ग समेत भएको द्रुतमार्गको काम अहिले ३६ प्रतिशत सकिएको छ । सेनाले दार्चुला–तिंकर, कर्णाली करिडोरसँगै संखुवासभा र गोरखामा पनि सडक निर्माणको काम गरिरहेको छ ।

    शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र बीपी राजमार्गमा ठाउँ–ठाउँमा क्षति पुगेको छ । बीपी राजमार्गको काभ्रेको मंगलटार नजिकै सडक नै बगाउँदा सयौं यात्रु बाटोमै अलपत्र परेका थिए । उनीहरुमध्ये थुप्रै पैदल हिँडेर काठमाडौं आएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया