• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ‘चाइना कार्ड’ अभिव्यक्तिबारे प्रचण्डले के भने ?

    305
    SHARES



    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ‘चाइना कार्ड’ खेल्न खोजेको आशयसहित आफूले नबोलेको बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १७ गतेदेखि गर्न लागेको चीन भ्रमणको सन्दर्भमा आयोजना गरेको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलका क्रममा प्रचण्डले यसो भनेका हुन् ।

    छलफलमा पूर्वप्रधानमन्त्री प्रचण्डले आफूले विगतमा सरकारको नेतृत्व लिँदा पनि पहिलो भ्रमण चीनबाटै गरेर भारत जाने परम्परा तोडेको बताएका छन् ।

    ‘मैले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी बोलेको थिएँ’, उनले भने, ‘गत वर्ष म प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्छ।’

    त्यसअघि प्रधानमन्त्री ओलीले अर्को भारतसँग पनि उस्तै मित्रवत सम्बन्ध रहेको बताउँदै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्ने बताएका थिए ।

    उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने आग्रह गरेका थिए । त्यही सन्दर्भमा प्रचण्डले ‘चाइना कार्ड’बारे यस्तो जवाफ दिएका हुन् ।

    प्रचण्डले प्रधानमन्त्री ओलीको चीन भ्रमणका सन्दर्भमा भारतीय पत्रिका हिन्दुमा यही कात्तिक २९ गते दिएको अन्तर्वार्तामा विवादित टिप्पणी गरेका थिए ।

    त्यस अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री ओलीले ‘चाइना कार्ड’ खेलिरहेको आरोप लगाएका थिए । अन्तर्वार्तामा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल-भारत सम्बन्ध तनावमा रहेको टिप्पणीसमेत गरेका थिए । सीमा विवाद फेरि ब्युँतिने खतरा रहेकोसमेत उनले भन्न भ्याएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया