• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भक्तपुरको पलासेमा पहिरोमा परेर ३ जनाको मृत्यु, मनोहरा खोलाको बाढी कृषि बजारमा पस्यो

    586
    SHARES



    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका तीन जना पहिरोमा पुरिएका हुन् ।

    पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाही रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

    यता मनोहरा खोलामा आएको बाढी कृषि बजारमा पसेको छ । बाढी पसेपछि मनोहरा कृषि बजार क्षेत्र डुबानमा परेको छ । मनोहरा खोला नजिकै रहेको अरनिको बसपार्क पनि डुबानमा परेको छ ।

    बाढीले पार्कमा रहेका बसहरू आधा डुबेको अवस्थामा छन् । यस्तै अविरल वर्षाले मनोहरा आँखा अस्पताल वरपरका क्षेत्र डुबानमा परेका छन् ।

    वर्षाले अस्पताल अगाडिको सडकमा भेल बगिरहेको छ भने सर्वसाधारणलाई हिडडुल गर्न सकस भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया