ललितपुर । ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीमाथि छानबिन सुरू भएको छ।
शाहीमाथि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन गर्न समिति गठन गरेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको हो। समितिलाई यथाशक्य प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
छानबिन गर्न कार्यालयले उनको जिम्मेवारी पनि खोसेको छ। परिसरले यस घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी नरेशराज सुवेदीले जानकारी दिए।
आपराधिक लाभ लिन नहुने कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो।
‘अनियमिततामा प्रहरी निरीक्षकको पनि संलग्नता छ कि भन्ने केही आधारहरू देखिएकाले तत्काल निलम्बनको लागि सिफारिस गरेका छौं,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ।’
प्रतिक्रिया