बुटवल । नवलपरासीमा भारतीय यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । जिल्लाको (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी–१ स्थित विनयीखोला काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको हो।
बसमा करिब ४५ जना यात्रु सवार थिए। घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया