• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि

    नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट

    687
    SHARES



    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने भएको छ ।
    सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजन गरेर अध्यक्ष पञ्चा सिंहले सहमतिबाट नभई पत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिइन ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सम्मेलनको उद्घाटन गर्नेछन् । सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा चल्नेछ ।

    ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाको लागि २३ औं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नारा तय गरिएको छ ।

    पत्रकार सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुने जानकारी दिइएको थियो । अध्यक्ष सिंहले ७५ जिल्ला, ४५० पालिका र ५०० बढी क्याम्पसमा सम्मेलन सम्पन्न भइसकेको र अहिलेसम्म तीन लाख सदस्यता वितरण गरिएको जानकारी दिइन् ।

    त्यस्तै, ६ वडा प्रदेशको सम्मेलन सम्पन्न भइसकेको र बाँकी रहेका कमिटीको सम्मेलनको अगाडि नै सम्मेलन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    अध्यक्ष सिंहले आफ्नो कार्यकाल सफल भएको बताउँदै सम्मेलनबाट समाजवादी शिक्षाको कार्यदिशालाई थप सुदृढ र व्यवस्थित गरिने अध्यक्ष सिंहले बताइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया