काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच अमेरिकामा भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका दुवै समकक्षीबिच स्थानीय समयअनुसार साँझ ५ः ३० बजे भेटवार्ता हुने कार्यतालिका रहेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई प्रधानमन्त्री बिचमा आजै भेटवार्ता हुनेछ । तर त्यो समयमा तलमाथि हुने सम्भावना रहेको पनि स्रोतले जनाएको छ ।
अमेरिकामा राष्ट्रसङ्घको कार्यक्रममा भाग लिन पुगेका दुई प्रधानमन्त्रीका बिचमा साइडलाइन वार्ताका लागि नेपालबाट निकै ठुलो प्रयास भएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वयं त्यो प्रयासमा लागेकी थिइन् । लामो प्रयासपछि शुक्रवार मात्र भेटघाटलाई कार्यतालिकामा राखिएको छ ।
प्रतिक्रिया