• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्दै रास्वपा

    1.6K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाखमा हुने महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने भएको छ।

    मंगलबार (आज) देखि राष्ट्रिय भेला गरिरहेको रास्वपाले कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको निर्वाचन गर्ने प्रवक्ता मनिष झाले बताए ।

    पार्टीको पहिलो महाधिवेशन वैशाखको तेस्रो साता गर्ने र प्रत्यक्ष निर्वाचनमा जाने टुङ्गो लागेको झाको दाबी छ। अहिले राजसभामा ६३ जना केन्द्रीय सदस्य छन् । महाधिवेशनपछि १२१ जना केन्द्रीय सदस्य रहने विधान बनाउने उनले जानकारी दिए ।

    यस्तै, तीन उपसभापतिमा एकजना तथा महामन्त्री १ र सहमहामन्त्री २ मध्ये एक महिला अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको झाको भनाइ छ।

    रास्वपामा अहिले पदाधिकारी सङ्ख्या ११ छ । नयाँ विधानमा १५ जना पदाधिकारी रहने प्रस्ताव गरिएको झाले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया