• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एकपक्षीय नबन्न सभामुखलाई माओवादीको आग्रह

    335
    SHARES



    काठमाडौं । नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय नबन्न आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरमा सभामुख घिमिरेलाई भेटेर माओवादी नेताहरूले यस्तो आग्रह गरेका हुन् ।

    सभामुखले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने विषयमा आइतबार बिहान राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठक राखेका थिए । उक्त बैठक बिना निष्कर्ष टुंगिएपछि माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका थिए ।

    दलहरूको बैठकमा सभामुखले आफूले संसद सचिवालयको अध्ययनको आधारमा ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएको बताएका थिए । तर, यो एकपक्षीय भएको भन्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले असहमति राखेका थिए ।

    त्यसपछि बसेको माओवादी केन्द्रको छुट्टै छलफलले एमालेका सचिव योगश भट्टराईले गत भदौ १२ गते प्रतिनििध सभामा बोल्दा व्यक्त गरेको माओवादी हिंसा भन्ने शब्द नहटाएसम्म अवरोध नखोल्ने निर्णय गरेको छ ।

    यो निर्णय सुनाउन सभामुख घिमिरेकहाँ माओवादीका नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शक्ति बस्ने र हितराज पाण्डे गएका थिए ।

    त्यसक्रममा माओवादी नेताहरूले एकपक्षीय नबन्न आग्रह गरेका हुन् । सभामुख घिमिरेले आफूले बिना आधार निर्णय नलिएको जवाफ दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ