• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    संसद् अवरोध गरे त्यसको क्षति माओवादीलाई नै हुने एमालेको चेतावनी

    313
    SHARES



    काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेले सभामुखले रूलिङ गरेको हिंसा शब्दलाई लिएर नेकपा माओवादीले संसद् अवरोध गरे त्यसको क्षति माओवादीलाई हुने चेतावनी दिएको छ ।

    सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूको बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीका मुख्य सचेतक महेश बर्तौलाले उनले नियमापत्तिको विषयमा निर्णय गर्ने अधिकार सभामुखलाई भएको बताए । उनले हाउसलाई चलाउने अधिकार कसलाई हो भन्ने प्रश्न पनि गरे ।

    ‘निर्णय गर्ने अधिकार सभामुखलाई छ । सभामुखको रूलिङ सबैले मान्नुपर्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ । त्यसको खिलाफमा माओवादीले हाउस चल्न निदेन बेठिक छ‚’ उनले भने‚ ‘हिंसा शब्द लिएर बैठक अवरोध गरे माओवादीको संसदीय प्रणालीमाथीको निष्ठा प्रश्न उठेको छ । यो विषय फिर्ता लिनुहोस् भनेका छौँ।’

    भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेका थिए । जसको विरोध माओवादीले गरिरहेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ