• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    माओवादीले आजको संसद्‌मा अवरोध कायम राख्ने‚ जुटेन सहमति

    349
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्‌मा अवरोध कायम राख्ने बताएको छ ।

    सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले सो कुरा बताएका हुन् ।

    उनले सभामुख घिमिरेले पनि दलमा थप छलफल गर्न अनुरोध गरेपछि आफू आन्तरिक छलफलमा जाने उनले बताए ।

    ‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौँ‚’ उनले भने‚‘ यहाँबाट निस्पेछि पार्टीमा पनि छलफल हुन्छ ।’ उनले सहमति नजुटेको पनि जानकारी दिए ।

    हिंसा शब्द संसदीय शब्द भएको सभामुखले रुलिङ गरेपछि माओवादीले सदन अवरोध गर्ने निर्णयमा पुगेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ