• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपा केन्द्रीय समिति बैठकमा राष्ट्रिय भेलाबारे छलफल

    874
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा राष्ट्रिय भेलाको बारेमा बृहत् छलफल भएको छ ।

    शनिबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफलको साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    ‘बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल भएको छ । राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिनुभएको छ । राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिका, हालसम्मको तयारी, प्रस्तुत गरिने प्रतिवेदनहरूको प्रस्तावका विषयमा पनि छलफल भएको छ ।’ उनले भने- ‘जिल्ला भेला र जिल्ला समिति गठन गर्ने, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने र प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा छलफलहरू भएको छ ।’

    यसका साथै, उनले बैठकमा सुमना श्रेष्ठले अहिले सर्वोच्च अदालतले गरेको फैसला अनुसार उपत्यकाको खोला किनारको मापदण्ड सामान्य व्यवहारभन्दा बाहिर देखिएको धारणा राखेको जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया