• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्री ओलीको दावी- एमालेले ०८४ मा बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला

    1K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी नेकपा (एमाले)ले २०८४ सालको चुनावमा बहुमत ल्याउने दाबी गरेका छन्।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री ओलीले एमालेले आगामी चुनावमा एकल बहुमत ल्याउने बलिया आधारहरू समेत रहेको बताए।

    ‘मिसन ०८४ लाई सफल पार्न यतिबेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनुपर्छ। अर्को पटक के हुन्छ के,’ प्रधानमन्त्री ओलीले भने।

    प्रधानमन्त्री ओलीले ०८४ को चुनावमा माओवादी केन्द्र राष्ट्रिय पार्टीसम्म बन्नसक्ने दाबी पनि गरे। माओवादीको भोट प्रत्येक चुनावमा घट्दै गएको र अर्को चुनावमा थप ६/७ लाख भोट घट्ने बताएका हुन्।

    ‘एउटा चुनावमा ३१ लाख भोट आउँछ । अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ । अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ । अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ । अव अर्को चुनावमा पुग्दाखेरी ४/५ लाख आउँला कि! राष्ट्रिय पार्टीसम्ममा अडिएला कि!,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ