• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पाँचथर बम विस्फोटबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : एमाले

    1.2K
    SHARES



    काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको फालेलुङमा भएको विस्फोटबारे संसदमा गृहमन्त्रीको जवाफ मागेका छन् ।

    सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकको जवाफ मागेका हुन् । बर्तौलाले गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीले संसदमा आएर जवाफ दिन माग गरेका हुन् ।

    उनले भने, ‘सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? गृहमन्त्रीको जवाफ चाहान्छु ।’

    के हो घटना ?

    पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिकाको मृत्यु भएको थियो । स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको बम पड्किँदा ज्यान गएको हो ।

    जिल्ला अस्पताल पाँचथरमा बिहीबार उपचार सम्भव नभएपछि झापाको बी एण्ड सी अस्पताल लाँदै गर्दा प्रिन्साले बाटैमा प्राण त्यागेकी थिइन । यस्तै दाजु दिप्सन साँवाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका चिकित्सकले मृत घोषित गरे ।

    दिप्सन र प्रिन्सा छिमेकी ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवनसँग खेल्न गएका थिए । ज्ञानबहादुरको परिवार माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको घरमा १० वर्षदेखि बस्दै आएको थियो ।

    घटनामा दुई बालबालिका घाइते भएका थिए घाइते भएका फालेलुङ५ डाँडागाँउका पवन र दिप्सन राईको उपचार कीर्तिपुर अस्पतालको वर्न अस्पतालमा भइरहेको छ । शनिबार अस्पताल पुगेर दुई बालकको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया