• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विपक्षमा हुँदा राजदूत फिर्ता गर्नुहुन्न भन्छौं, सरकारमा गएपछि त्यही काम गर्छौं : बर्तौला

    0.9K
    SHARES



    काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रतिपक्षमा हुँदा सरकार परिवर्तन भएसँगै राजदूत फिर्ता गर्नुहुन्न भन्ने तर आफूले नेतृत्व लिएसँगै त्यो काम गर्ने संस्कृति बनेको बताएका छन् ।

    संघीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा मुख्य सचेतक बर्तौलाले सरकार गठन भएसँगै राजदूत फिर्ता बोलाउने प्रवृति दोहोरिएको बताए । ‘सरकार अदलबदल भएपिच्छे राजदूत फिर्ता बोलाउने काम हुन्छ । यो पहिलेदेखि चलिआएकै कुरा हो । विपक्षमा हुँदा राजदूत फिर्ता बोलाउनुहुन्न भनेर प्रश्न उठाउँछौं तर सरकारमा गएपछि त्यहिँ गर्छौं,’ उनले भने ।

    सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउने संस्कृतिलाई बदल्नुपर्ने बर्तौलाको भनाइ थियो । राजदूतहरूको कार्यक्षमताको आधारमा फिर्ता बोलाउने विधि बसाल्नुपर्ने उनले सुझाए ।

    राजदूत सिफारिस गर्दा समावेशी र समानुपातिक नभएको प्रश्न उठिरहेको बर्तौलाको भनाइ थियो । संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले ठिक काम गरेको छ भन्ने कुरा जनतामा अनुभूत हुनुपर्ने उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया