• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    लोसपाको महाधिवेशन वैशाख २६ गते हुने

    351
    SHARES



    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लासपा)ले २०८२ को वैशाख २६ गते पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पदाधिकारीको बैठकले सो निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन् ।

    महाधिवेशनको मिति तोकिसकेपछि केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तीन वर्षअघि लोसपा गठन भएको थियो । पार्टीको अन्तरिम विधान अनुसार पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्नेछ । सोही विधान अनुसार आउने वैशाखमा महाधिवेशनको मिति तय भएको लोसपाले जनाएको छ ।

    महाधिवेशनअघि पार्टीका सम्पूर्ण तहको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि निर्णय भएको लोसपाका महासचिव डा.सुरेन्द्र झाले बताए । कात्तिक मसान्तसम्म सदस्यता वितरणको काम सकाएर चैत मसान्तभित्र वडादेखि प्रदेशसम्मका सम्पूर्ण समितिको साधारण सभा गरिसक्नुपर्ने बैठकले निर्णय गरेको उनले बताए ।

    त्यसका साथै पार्टीका अन्य घटक, विभाग, भातृ संगठन, समितिलगायतलाई पूर्णता दिइने निर्णय भएको उनले बताए । लोसपाले संविधान संशोधनको लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाहरूको संकलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको अपिल गरेको छ ।

    यस्तै लोसपाले संविधान संशोधनबारे अध्ययन गर्न वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाउने पनि निर्णय गरेको छ । सो कार्यदलमा दान बहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने लोसपाले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ