• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति व्यवस्थामा जान सकिँदैन : प्रदीप ज्ञवाली

    3.5K
    SHARES



    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति व्यवस्थामा जान नसकिने स्पष्ट पारेका छन्।

    बिहीबार संविधान निगरानी समूहद्वारा आयोजीत संयुक्त सरकारको अभ्यास र शासकीय प्रभाव विषयक कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘नेपाल अहिले नै संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री प्रणालीमा जान सक्दैन । हाम्रो जस्तो मुलुकमा यो अभ्यास अहिले हुन सक्दैन ।’

    उनले दुई ठूला दल कांग्रेस एमाले मिलेर बनेको वर्तमान सरकार संविधान संशोधनमा केही काम गर्नेहरू काम गर्ने बताउँदै संविधान संशोधन हुनु अगाडि गम्भीर छलफल र बहस हुने बताए ।

    उनले भने, ‘हामीले बनाएको संविधान त्यसै संशोधन हुँदैन यस विषयमा गम्भीर छलफल हुन्छ। संविधान कार्यान्वयन भएको १० वर्षमा भएका उपलब्धिहरूको समीक्षा गरेर कमीकमजोरीहरू सुधार गर्ने बाटोतिर लगिन्छ।’

    उनले देशमा स्थायित्व र कार्यकालको पूर्ण पालना गर्ने गरी ७ बुँदे सहमतिअनुसार नै कांग्रेस एमाले गठबन्धन अगाडि बढ्ने समेत दाबी गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया