काठमाडौं । अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी बढाइएको छ । पाँच दिनअघि बढेको अण्डाकाे मुल्य नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी फेरि बढाउने निर्णय गरेको हो ।
लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो । अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।
प्रतिक्रिया