काठमाडौँ । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार झाँक्री अर्की नेतृ जयन्ती राईसँग पराजित बनेकी हुन् ।
झाँक्रीले १ सय १३ मत पाउँदा विजयी भएकी राईले १ सय ९८ मत पाएकी छन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी झाँक्री १० औँ महाधिवेशनपछिको पदाधिकारी चयनमा पराजित बन्न पुगेकी हुन् ।
प्रतिक्रिया