काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय परामर्श बैठक गण्डकीमा सुरु भएको छ । आइतबार सुरूभएकाे बैठक दुइदिन सम्म चल्ने भएकाे छ भने उक्त बैठकमा केन्द्रीय पदाधिकारीसहित गण्डकीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र गण्डकी प्रदेशले जनाएको छ ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो ।
प्रतिक्रिया