• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    संघीय संसद‍्बाट सर्वसम्मत पारित भयो टीआरसी

    1.7K
    SHARES



    काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । बिहीबार संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट पनि यो विधेयक पारित भएको हो । यसअघि प्रतिनिधि सभाले यो विधेयक पारित गरेको थियो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित गरिन्छ र ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’ बन्नेछ । यो ऐन तेस्रो पटक संशोधन भएको हो ।

    पछिल्लो पटक राजनीतिक दलहरू एक ठाउँमा उभिँदै ऐन संशोधनमा एकता देखाएकाले यो विधेयक शीघ्र रूपमा पारित हुन सफल भएको हो ।

    साउन २४ गते यो विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट पारित भएको थियो । लगत्तै उक्त विधेयक प्रतिनिधि सभामा पेस गरिएको थियो ।

    प्रतिनिधि सभाले पनि उक्त विधेयकलाई सामान्य छलफलमात्र गरेर पारित गरेको थियो । समितिमा सबै दलको सहमति भएका कारण विधेयकमाथि राष्ट्रिय सभामा कुनै पनि संशोधन प्रस्ताव दर्ता भएन । संशोधन प्रस्ताव दर्ता नभएका कारण विधेयक सर्वसम्मत रूपमा बिहीबार पारित भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया