• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपा केन्द्रीय समिति बैठक सुरु, यस्ता छन् छलफलका एजेन्डा

    1K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने बताइएको छ ।

    बैठकले स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय गर्ने पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।२०७९ को स्थानीय तह निर्वाचन पश्चात् रास्वपा स्थापना भएको हो ।

    सोही वर्ष भएको केन्द्रीय निर्वाचन बाहेक रास्वपाले प्रदेश संरचनामा पनि चुनाव लडेन । यस हिसाबले प्रतिनिधिसभामा बाहेक अन्य दुई तहको संरचनामा रास्वपा प्रतिनिधिविहीन छ ।

    यस्तो अवस्थामा आसन्न स्थानीय तह निर्वाचन लड्ने कि नलड्ने भनेर पार्टीले रणनीतिक छलफल केन्द्रीय समितिबाट अघि बढाउने तयारी भएको बुर्लाकोटीले बताए ।

    यस्ता छन् केन्द्रीय समितिको बैठकको प्रस्तावित एजेन्डा:

    १. समसामयिक राजनीति र पार्टी गतिविधि ।

    २. राष्ट्रिय भेला ।

    ३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।

    ४. सङ्गठन निर्माण सम्बन्धी कार्यविधि संशोधन ।

    ५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि बारे छलफल ।

    ६. स्थानीय तह उपनिर्वाचन बारे ।

    ७. संविधान दिवसको कार्यक्रम बारे ।

    ८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल।

    ९. केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन बारे ।

    १०. विविध

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया