• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार स्वास्थ्य

    सोलुदूधकुण्डकाे ४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्

    1K
    SHARES



    काठमाडाैं । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको प्रमुख धार्मिकस्थल दूधकुण्डमा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

    ४ हजार ६ सय मिटर उचाइमा रहेको दूधकुण्डमा आउने तीर्थयात्रीहरूलाई उचाइका कारण लाग्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी यही भदौ १ देखि ३ गतेसम्म सञ्चालन भएको शिविर सम्पन्न भएको हो । यो स्वास्थ्य शिविर दूधकुण्ड जाँदा बखतको कामुडाँडा, बाटोका विभिन्न ठाउँ हुँदै दूधकुण्डमा सञ्चालन गरिएकाे थियाे ।

    उचाइका कारण टाउको दुख्ने, बान्ता हुने, रक्तचापमा वृद्धि, झाडापखाला, रिँगटा लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका तीर्थयात्रीहरूलाई स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियाे ।

    शिविर सञ्चालन गर्नका लागि १० जना स्वयंसेवक परिचालन भएका थिए भने औषधि तथा स्वयंसेवकका लागि खाना र आवास व्यवस्थापन तथा सामग्रीको व्यवस्थापन नेपाल लाइफ इन्स्यनोरेन्सले गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया