काठमाडौँ । समाजवादी मोर्चाको समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूर्णता दिन सचिवालय बैठक बसेको छ । ललितपुरस्थित एकान्तकुनामा बैठक बसिरहेको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
यसअघि मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनासम्बन्धी समीक्षात्मक दस्ताबेजलाई पूर्णता दिने विश्वकर्माले बताएका छन् । यसअघि आइतबार बस्ने भनिएको बैठक विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो ।
प्रतिक्रिया