• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मानव अधिकारबारे प्रशिक्षण कार्यक्रम सम्पन्न

    1.2K
    SHARES



    भक्तपुर । नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाको आयोजनामा जिल्लाका विभिन्न पेशा व्यवसाय र सेवा क्षेत्रमा कार्यरत पदाधिकारीलाई मानव अधिकारबारे प्रशिक्षण प्रदान गरिएको छ । शनिवार बिहान होटेल सिटी गाउँमा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    जिल्लामा क्रियाशील नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, चिकित्सक,व्यवसायी, अपांगता भएका नागरिक, समाजसेवी र पत्रकार लगायतका प्रतिनिधिलाई प्रशिक्षण प्रदान गरिएको संगठनका अध्यक्ष रामकृष्ण मानन्धरले बताएका छन् । प्रशिक्षणमा बिभिन्न क्षेत्रका ७५ बढी प्रशिक्षार्थी सहभागी भएका उनको भनाइ छ । नेपाल प्रहरीको जिल्ला प्रहरी परिसर भक्तपुरले भने सो कार्यक्रममा कुनै पनि प्रतिनिधि नपठाएको आयोजकले जनाएको छ ।

    सो अवसरमा प्रशिक्षार्थीहरुलाई नेपाल मानव अधिकार संगठनका महासचिव कल्याण पोखरेल, उपमहासचिव शर्मिला थापा बिष्ट अधिवक्ता बिनोद कार्कीले छुट्टाछुट्टै प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षण पश्चात सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

    संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा बिभिन्न कार्यालय र संघसंगठनको तर्फबाट आतिथ्यता रहेको थियो । उद्घाटन सत्रमा सम्बोधन गर्दै उनीहरुले मानव अधिकारको महत्व माथि प्रकास पार्दै नेपालमा यसको संरक्षण, प्रवर्द्धन र बिकास नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सौन्दर्य भएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ