• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ३ महिनाभित्र विकासको लहर ल्याउने योजना दिन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

    1K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

    मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै सरकारले १०० दिनभित्र गर्ने मुख्य कामबारे बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको प्रस्तुतिपछि उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामको व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिए ।

    बजेट कम भए पनि सुशासन कायम गर्दै फटाफट काम गरेमा शत प्रतिशत विकास खर्च गरेर अर्थतन्त्र चलायमान बनाउन सकिने प्रधानमन्त्री ओलीले बताए ।

    ‘हामी जागिर खाइरहेका छैनौं, हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौं’, उनले भने, ‘भावी सन्ततिका लागि काम गरिरहेका छौं । यो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन ।’ लक्ष्य निर्धारण गर्दा वस्तुगत हुनुपर्ने भन्दै उनले पूरा गर्न कठिन हुने लक्ष्य नै नराख्न निर्देशन दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ