• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लेदोसहितको पहिरोले नारायणघाट- बुटवल सडक खण्ड एकतर्फी सञ्चालन

    343
    SHARES



    काठमाण्डौ । पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पहिरो झरेपछि एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेकाे छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम भइरहेका बेला गएराति लेदोसहितको पहिरो झरेको हो ।

    पहिरो झरेपछि केहीबेर सडक पूर्णरुपमा अवरुद्ध भएकोमा बिहान सामान्य पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एवम् प्रहरी उपरिक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हिजो दिनभर सडक मर्मतको काम भए पनि सकिएको थिएन ।

    आज बिहानैदेखि थप मर्मत गर्ने गरी हिजो सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर राति लेदोसहितको पहिरो झरेपछि राजमार्ग केहीबेर पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक दुईतर्फी नै सञ्चालनका लागि प्रयास भइरहेको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिएका छन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ