• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्न हुन्न: रास्वपा

    602
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ।

    सिंहदरबारस्थित संसदीय दल कार्यालयमा मंगलबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा केही दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने बताए।

    भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी दलहरूले गम्भीर त्रुटि गरिरहेको उनले बताए।

    पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने उनले बताए। बैठकमा रास्वपाले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा मंगलबार नै दर्ता गर्नेगरी छलफल भइरहेको पनि बताए।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ। त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ। जलन सम्बन्धी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः आज नै दर्ता गर्नेछौँ,’ उनले भने।

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे पनि छलफल गरियो। आगामी दिनमा संसदको गतिविधिहरु कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरुमा पनि छलफल उनले बताए।

    ‘सर्वसहमतिले अघि बढाउने र संक्रमणकालीन न्यायका बारेमा नेताहरू बोल्दा समर्थनमा बोल्ने कुरा भएको छ,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया