काठमाडाैँ। नेपालले भारतसँग ‘एयर कनेक्टिभिटी’ बढाउन आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीसँग आज भएको शिष्टाचार भेटवार्तामा नेपाललाई थप हवाई रुटको उपलब्धताको सहजीकरण लागि आग्रह गरेकी हुन् ।
मन्त्रालयमा आज भएको सो भेटमा त्यसका अलावा द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरूलगायतका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि आग्रह गरेकी छिन् ।
प्रतिक्रिया