• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘एयर किङ्ग्स’मा वैदेशिक रोजगार विभागको छापा

    719
    SHARES



    काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित ‘एयर किङ्ग्स प्लेसमेमन्ट प्रालि’मा वैदेशिक रोजगार विभागले छापा मारेको छ । उक्त मेनपावर कम्पनीले नियम विपरीत संयुक्त अरब इमिरेट्सको दुबईमा कामदार पठाउन अन्तरवार्ता लिइरहेको उजुरीको आधारमा शुक्रबार नै विभागले छापा मारेको हो ।

    दुबईको ‘स्पार्क सेक्युरिटी गार्ड’का लागि कामदारको माग भएको भन्दै कम्पनीले ललितपुरसहित देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयबाट धमाधम युवाहरु जम्मा गरेर ५ देखि ६ लाख रुपैयाँसम्म माग गरेको खुल्न आएको विभागका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार यसबारे मेनपावरको सम्पर्कमा आएका युवाहरूले विभागमा दिएको उजुरीका आधारमा छापा मारिएको हो ।

    छापा मारेर विभागको टोलीले कागजात, केही थान पासपोर्ट र कम्युटरसमेत नियन्त्रणमा लिएर गएको छ । मेनपावरले २ सय जनाका लागि डिमाण्ड आएको भनेपनि त्यसको नेपाली दूतावास र कुनै पनि निकायबाट प्रमाणीकरण नगराएको देखिएको विभागका ती अधिकारीको भनाइ छ । तर, युवाहरूबाट मेनपावरले ६ लाखसम्म लाग्ने भन्दै सुरुमा २ लाख रुपैयाँ जम्मा गराउन थालेपछि विभागमा उजुरी परेको थियो ।

    विभागले छापा मारेसँगै तत्कालका लागि सो अन्तरवार्ता रोकिएको बताइएको छ । उसो त विभागले केही मेनपावरको पोखरा कार्यालयमा समेत छापा मारेको बताइएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले पोखरासँगै ललितपुरको कार्यालयमा छापा मारिएको पुष्टि गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ