• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपालबाट छोटो प्रक्रिया अपनाएर केयरगिभर लिँदै इजरायल

    783
    SHARES



    काठमाडौँ । इजरायलले नेपालबाट केयरगिभरलाई छोटो प्रक्रिया अपनाएर लैजाने भएको छ । इजरायलले मात्र गरेको दुई जना कामदारको छनौट प्रक्रिया जारी रहेकाे छ । इजरायलले उक्त छनौट प्रक्रियालाई जति सकिन्छ छोटो बनाउन खोजेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    विभागको इजरायल÷जापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले इजरायलले छोटो प्रक्रियाबाट छनोट गर्न खोजेको बताएका छन् । जति सकिन्छ चाँडो कामदार लैजान खोजेको भन्दै त्यसका लागि इजरायलकै आग्रहमा छनोट प्रक्रिया अघि बढिरहेको बताए ।‘जुम मिटिङबाट के-के गर्ने भनेर भनिरहेका छन् ।

    पहिला भाषा परीक्षा थियो । अहिले त्यो चाही ब्रिटिस काउन्सिलबाट लिएको भाषा परीक्षालाई नै मान्यता दिएको छ । थप भाषा परीक्षा हुँदैन,’ उनले भने । विभागले आवश्यक कागजात परीक्षण गरेर तीन हजार ४६१ जनाको सूची इजरायलस्थित पीबालाई पठाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया