• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    धरानका मेयर साम्पाङ र आन्दोलनरत पक्षबीच ३ बुँदे सहमति

    886
    SHARES



    काठमाण्डौ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र आन्दोलनरत विभिन्न १० राजनीतिक दलबीच ३ बुँदे सहमति भएको छ । खानेपानीको शुल्क र महसुल बढाइएपछि तीन हप्तादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र मेयर साम्पाङबीच हिजो अबेरसम्मको लामो वार्तापछि सहमति भएको हो ।

    सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

    यही साउन ११ गते धरानमा क्रियाशील राजनीतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।

    खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरिएपछि आन्दोलनरत पक्षले विभिन्न सरोकारवाला सङ्घ–संस्थाहरूसँग अन्तरक्रिया, वडा कार्यालयहरूमा ध्यानाकर्षण र खानेपानी बोर्डको धरान कार्यलयमा धर्ना तथा तालाबन्दी गरेका थिए ।

    तर तालाबन्दी नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि खानेपानी बोर्डमा लगाएको ताला खोली उनीहरूले गएको बिहीवारदेखि धरान उपमहानगरपालिकाको कार्यालय केन्द्रित आन्दोलन चर्काएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया