काठमाडौँ । सहकारी ठगीमा परेका एक पीडितको उपचार गर्न नपाएर मृत्यु छ । शनिबार काठमाडैँकाे वीर अस्पतालमा ६६ वर्षिया राजेन्द्र स्थापितकाे मृत्यु भएकाे हाे । उनकाे भएको पारिवारिक स्रोतले जनाएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हाे ।
स्थापित न्यूरोडकाे युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।
निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरेको आफन्तहरूले बताएका छन् ।
स्थापितको एक करोड बढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको भन्दै सहकारी पीडित र आफन्तहरूले सडकमा शव राखेर विरोध पनि प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया