• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बाग्लुङकाे पहिराेमा परेका तीन जनालाई उपचारका लागि काठमाण्डौ ल्याइयो

    498
    SHARES



    काठमाण्डौ । बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा पहिरोले घरगोठ बगाउँदा मंगलबार गम्भीर घाइते भएका तीन जनालाई आज थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । बुधबार घाइतेहरूलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको हो ।

    जसमा ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढा रहेका छन् । प्रतिकूल मौसमका कारण हिजो उनीहरूलाई उपचारका लागि अन्त लैजान सक्ने अवस्था नभएपछि आज नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । हिजो बडीगाड–१० आरुपाटामा घरमा पहिरो खस्दा ६ जनाकाे मृत्यु भएकाे थियाे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया